पूजासामग्रीले सजिए जनकपुरका नदी–पाेखरी (तस्बिरहरू)

 मंसिर ३, २०८० आइतबार १६:७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सूर्यको आराधना, उपासना र पूजा गरी आज आइतवार छठ पर्व मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइन्छ ।

छठ पर्वका लागि जनकपुरमा तयारी पूरा भएकाे छ । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी लगायत जलाशय किनारमा बनाइएका छठ घाटमा पूजासामग्रीसहित भक्तजन पुगेका छन् ।

पूजासामग्रीले पोखरी किनार भरिएका छन् । छठमा ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ ।

छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यलाई चढाइन्छ । भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया