म्याग्दीमा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – ११ दिनपछि खुलेकाे शेयर बजार आज साेमवार एक अङ्कले बढेकाे छ । तिहार र अन्य बिदाका कारण गएकाे कात्तिक २३ गतेपछि आज खुलेकाे शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेकाे छ ।
आज हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, लघुवित्त र अन्यबाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज बीमा, विकास बैंक र व्यापार समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ । आज ग्लाेबल आईएमई लघुवित्त र कर्णाली विकास बैंक शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज फरवार्ड माइक्राेफाइनान्स लघुवित्त र सयपत्री जलविद्युतकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ ।
आज ३३ लाख १९ हजार कित्ता शेयर एक अर्ब नाै कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे सात कराेड ३६ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।