ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री

 मंसिर ५, २०८० मंगलबार २०:२५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिनुभएको छ ।

आज मङ्गलवार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँग भएकाे देशकाे अर्थतन्त्र सुधारसम्बन्धी छलफलको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री प्रचण्डले लघुवित्तसहितका बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने बताउनुभएको हो । उहाँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँप्रति सङ्केत गर्दै ऋण लिएर नतिर्ने कुराले संविधान, ऐन, कानुन, मूल्य, मान्यता तोडिने भएकाले पनि त्यसलाई राज्यले कुनै अर्थमा छुट दिन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ऋण लिएपछि तिर्नुपर्छ । जसले ऋण नतिर्ने कुरा गर्छ त्यसले संविधान, ऐन, कानुन, मूल्य, मान्यता तोड्छ । उसमाथि राज्य कडाइपूर्वक प्रस्तुत हुनुपर्छ भन्ने कुरामा पनि हामी सबैको भनाइ आयो । बेइमानी गर्ने र अनैतिकतालाई छुट दिन सकिँदैन भन्ने भयो । अर्थतन्त्रको शिथिलताका कारण अथवा थुप्रै कारणले कसैलाई ऋण तिर्न गाह्रो भयो भने नेपाल राष्ट्र बैंकले त्यसको पनि अध्ययन गरी सहजीकरण गर्नेछ ।’

प्रधानमन्त्रीले सहकारी संस्थाहरूमा देखिएको समस्या छ महिनाभित्र समाधान हुनेगरी छुट्टै विशिष्टिकृत खालको नियमनकारी निकाय स्थापना गर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया