कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष शतर्कता अपनाउनु जरुरी रहेको बताउनुभएको छ । आजदेखि काठमाण्डौमा शुरु भएको एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ देशका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्काको ४६ औँ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले कुनै पनि देशको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताउनु भयो ।
उहाँले ‘पृथ्वी रहे मात्र हामी रहन्छौँ’ भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि आह्वान गर्नुभयो । राष्ट्रपति पौडेलले कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने भन्दै संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।