कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामको प्रकृति र गुण नयाँ ढङ्गबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज बुधवार सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै प्रधानमन्त्री प्रचण्डले सरकारका काम कारबाही अब ढङ्गबाट अघि बढाउने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुण पनि अब नयाँ ढङ्गले अघि बढाउने बताउनुभयाे । उहाँले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै अब ताजा भई काम गर्न पाएको महसुस गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ । यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुण पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प यसभित्र रहेको महसुस गरेको छु । मलाई कता कता अहिले भइरहेको ठाउँमा बस्दा गुम्म परेको, त्यति फ्रेस नहुनेजस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, ठाउँ पनि ठूलो कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु । नयाँ शुभारम्भले नयाँ गति पक्रिने र हाम्रो एकता अझ बलियो हुनेछ ।’
सञ्चारकर्मीसँग कुरा गर्दै सहरी विकासमन्त्री सीता गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनकाे प्रबलीकरण गर्ने काम लगभग पूरा भएको बताउनुभयो । उहाँले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड रुपैयाँमा भवन प्रबलीकरण गर्ने काम सम्पन्न भएको बताउनुभयो ।
२०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई 'रेट्रो फिटिङ' गरेर अहिले प्रधानमन्त्री त्यही कार्यालयमा सर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।