ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
अर्घाखाँची – अर्घाखाँचीमा मात्र नाचिने भैरव नाचको संस्कृति जोगाउन डिभर्नाका नेवार समुदायका युवाहरु लागि परेको छन ।
भैरव नाच कृष्ण जन्माष्टमीबाट सुरु भई कात्तिक कृष्ण आैंसीका दिनसम्म नाच्ने गरिन्छ । रातमा नाचिने यो नाच नचाउन बुटबल तथा कपिलवस्तुबाट समेत माग आउनुगरेको छ । नेवार समुदायको मौलिक नाचको रुपमा रहेको भैरव नाचमा कालो, रातो, सेतो भैरव र डंकेनीको रुपमा नाच्ने चलन छ ।
कालो भैरवलाई यस नाचमा काल भैरवको प्रतीक, रातो भैरवलाई देवी र सेतोलाई गणेशको प्रतीकको रुपमा लिइने चलन छ । भैरव नाचमा ७ ताल हुने डिभर्नाका स्थानीय बसन्त श्रेष्ठले बताउनुभयो । जसको छैठौँ तालमा धामीहरुलाई स्वतह देवता उत्रने हुँदा काम्ने र नाच्ने गर्दछन् । यो नाचमा अन्य विभिन्न नाचहरु पनि देखाइने चलन छ ।
भैरव नाचको समापन पछि भुच्यांङ्ग, टाकुनडोली अर्थात लाठी नाच, घोडा नाच, चरा नाच, भालु नाच तथा ढिसपाकु अर्थात लाटा लाटीको प्रस्तुति पनि क्रमैसँग देखाइन्छ । भैरव नाचमै लीला नाच, लाहुरे लाहुरेनी तथा अन्य विभिन्न हाँस्य व्यंग्य प्रस्तुति समेत देखाइन्छ ।
नेवार जातिमा यो नाच बुढा पाकाहरु हुँदै पुस्तान्तरण भएको छ । तर पछिल्लो समयमा भने यो नाचमा नयाँ युवा पुस्ताको चासो बढेको भैरव संरक्षण समितिका संरक्षक गौरी नारायण श्रेष्ठले बताउनुभयो । युवाहरुले बाध्य बाधन तथा नाचमा समेत चासो देखाएका कारण यसको संरक्षणमा महत्वपूर्ण सहयोग मिलेको छ । युवाहरुमा यस नाचको संरक्षणका लागि परेकाले आगामी दिनमा समेत महत्वपूर्ण भूमिका खेल्ने कालो भैरव नाच्ने युवा केशव श्रेष्ठले बताउनुभयो ।
भैरव नाचबाट उठेको रकम सामाजिक काममा लगाउँदै आएको समितिको भनाई छ । गएका वर्षहरुमा पनि समितिले गाउँमा कुल कुलेसो निर्माण, पँधेरो निर्माण र शतल निर्माणमा रकम खर्च गरेको संस्थाका अध्यक्ष धनप्रसाद श्रेष्ठले बताउनुभयो । आगामी दिनमा पनि उत्पादनशील काममा उक्त रकम लगाउने समितिले बताएको छ ।
भैरव नाच साझा सस्कृतिको रुपमा विकास हुन थालेको छ । नेवार समुदाका युवा तथा बृद्ध बृद्धाहरुले मादल बजाउने र नाच्ने भएपनि यसमा यस नाचमा कर्नल सनाई भने परियार समुदायले नै बजाउने गर्दछन ।
यसले समाजमा रहेका सबै समुदायको बीचमा आपसी सद्भाव कायम गर्न सघाउ पुगेको छ । त्यति मात्र नभई सामाजिक काममा भैरवमा उठेको भेटी खर्चिदै आएकोले भैरव नाच समुदायको साझा संस्कृतिको रुपमा विकास भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।