अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदारले सिँगो पार्टीलाई अब एकतावद्ध बनाएर अघि बढाउने बताउनुभएको छ ।
‘सकेसम्म म पार्टीभित्रको गुट अन्त्य गर्छु’, गच्छदारले भन्नुभयो, ‘यदि सकिन भने पनि विवादलाई न्यूनिकरण गर्छु ।’ काठमाडौमा आयोजना भएको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता गच्छदारले पार्टीमा रहेका गुट/उपगुट अन्त्यको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो । ‘आउँदो चुनावमा कांग्रेस एक नम्बर पार्टी बन्छ । अहिलेको समस्या समाधान गर्न कांग्रेसले भूमिका निर्वाह गर्छ ।’ पार्टीभत्र आफूले पाएको नयाँ जिम्मेवारीलाई कुशलताका साथ निभाउने पनि गच्छदारको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।