प्रदेश ३ मा सवारी दुर्घटना : १० महिनामा ४०५ जनाको मत्यु

चितवनमा धेरै, रसुवामा कम

 जेठ २७, २०७५ आइतबार ८:५९:० | राधेश्याम खतिवडा
unn.prixa.net

प्रदेश नम्बर ३ अन्तर्गत रहेका १० जिल्लामा १० महिनाको अवधीमा सवारी दुर्घटनामा परेर ४०५ जनाको ज्यान गएको छ । साउनदेखि वैशाख सम्ममा ८३४ सवारी दुर्घटना हुँदा  १ हजार २०८ जना घाइते भएका छन् । सबैभन्दा धेरै मोटरसाईकल दुर्घटना भएको छ । 

मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक किरण बज्राचार्यका अनुसार प्रदेश नम्वर ३ अन्तर्गत रहेका १० जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना चितवनमा भएको छ । प्रदेशमा ८३४ वटा दुर्घटना हुँदा चितवनमा मात्रै ३३१ वटा सवारी दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनमा दुर्घटनामा परेर १०५ जनाको मृत्यु र ४४५ जना घाइते भएका छन् ।

यस प्रदेशमा सबैभन्दा कम सवारी दुर्घटना रसुवा जिल्लामा भएको छ । रसुवामा १० महिनाको अवधीमा ३ वटा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु र दुईजना घाइते भएका उहाँले जानकारी दिनुभयो । 

चितवनपछि सबैभन्दा धेरै सवारी दुर्घटना धादिङमा भएको छ । धादिङमा १७२ सवारी दिर्घटना हँुदा १०४ जनाको मृत्यु र ३६२ जना घाइते भएका छन् । 
२१४ वटा ट्रक, ११४ वटा बस, १०९ वटा कार, ५१ वटा ट्रेक्टर, १० वटा टेम्पो, २९६ वटा मोटरसाइकल, २७ वटा साईकल, अन्य १३ गरी ८३४ सवारी साधान दुर्घटनामा परेको प्रहरी उपरीक्षक बज्रचार्यले बताउनुभयो । 

प्रदेश नम्वर ३ मा १ हजार ८३ किलोमिटर राष्ट्रिय राजमार्ग १ हजार ६ सय ३७ कालोपत्रे सडक, १ हजार ९ सय ५७ ग्रवेल र ६ हजार ७५७ किलोमिटर कच्ची सडक छन् । १७७ जनाको दरबन्दी रहेकोमा २२२ जना ट्राफिक प्रहरीले काम गर्दै आएको जानकारी दिदै बज्राचार्यले जनशक्ति र श्रोतसाधनको अभावले प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । 

उहाँले ट्राफिक सचेतनाका कार्यक्रमलाई पनि प्रभावकारी रुपमा अगाडि बढाइएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया