कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकमा अन्योल र निराशा बढेर विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरू सल्बलाउन थालेको जिकिर गर्नुभएकाे छ ।
आज बिहीवार बैतडीको गोठलापानीमा आयोजित महाकाली–मेची अभियानअन्तर्गतको सभामा अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको टिप्पणी गर्नुभयाे । उहाँले गणतन्त्रको विरोध गर्ने दुःसाहसी काम भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नागरिकमा अन्योल र निराशा बढ्दै जाँदा नागरिक विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर दुलाबाट टाउको निकालेर फेरि सलबलाउन खोजेका छन् । अहिले राजाकाे शालिक बनाएर श्री ५ महाराजधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ । गणतन्त्रको विरोध गर्ने, त्यो दुःसाहसी काम भइरहेको छ । हामी पछाडि फर्किन सक्दैनाैँ, फेरि हामी रैति हुन सक्दैनौँ ।’
अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको उल्लेख गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।