चौपाया छाडा छाड्नेलाई ७ हजार रुपैयाँ जरिवाना
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - परराष्ट्रमन्त्री एनपी साउद २१औँ दोहा फोरममा सहभागी हुन आज कतार प्रस्थान गर्नुभएको छ।
मन्त्री साउदले भोलिदेखि कतारमा शुरु हुने दोहा फोरममा सहभागिता जनाउनुकासाथै उच्चस्तरीय भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ । भेटघाट कार्यक्रममा मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको रिहाइका लागि पहल गर्ने उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । यो भेटमा विपीन जोशीकाे रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरिने सचिवालयले जनाएको छ।
मन्त्री साउदले यसअघि मंसीर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।