एमालेको सङ्कल्प यात्रा बाग्मती प्रदेशमा, राति १० बजे नुवाकोटमा सभा

 मंसिर २४, २०८० आइतबार ६:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : शङ्कर पाेखरेलकाे फेसबुक

काठमाण्डाै - सुदूरपश्चिमबाट शुरु भएकाे एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बाग्मती प्रदेश आइपुगेको छ । हिजो गोरखाबाट धादिङको सल्यानटार हुँदै यात्रा नुवाकोटको बट्टार पुगेको हो ।

नुवाकोट मध्यपहाडी लोकमार्गको मध्यबिन्दु हो । एक हजार आठसय ७९ किलोमिटर लामो लोकमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शुरु भएको मध्यपहाडी राजमार्ग केन्द्रित यात्रा मध्यबिन्दु पार गरी गएराति पौने १० बजे नुवाकोटको बट्टार पुगेको हो । बट्टार पुग्नेबित्तिकै एमालेले राति नै आमसभा गरेको छ । राति भएको सभामा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो ।

बैतडीबाट डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, धादिङ हुँदै एमालेको यात्रा नुवाकोट पुगेको हो । ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ भन्ने नारासहित शुरु भएको यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुङ्गिने छ। 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया