इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
अमेरिकाको क्लालिफोर्नियाका फेरि डढेलो (आगो) फैलिएको छ । डढेलोबाट नौ जनाको ज्यान गएको छ । एक लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले बताएका छन् ।
अहिले पश्चिम लस एन्जेल्सबाट आगो कोष्टल क्षेत्रतिर फैलिएको बीबीसीले जनाएको छ । कोष्टल क्षेत्रको मलिबु शहरमा केही घरहरु आगोबाट डढेको बीबीसीले जनाएको छ । साक्रामेन्टो भन्ने ठाउँमा एउटा कारभित्र पाँचजना मृत अवस्थामा फेला परेका छन् । हावाहुरी चलेका कारण आगो झनै फैलिएको छ ।
Evacuated last night. Bleak House and the collection may be endangered but the gift of life remains. Thousand Oaks and Agoura are still in danger. Malibu is being evacuated.
— Guillermo del Toro (@RealGDT) November 9, 2018
शुक्रबारको मध्यरातमा नै आगो ५ हजार ६ सय ६५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । आगो गएको बुधबार कालिफोर्नियाको थाउजन्ट ओक भन्ने शहरबाट फैलिएको हो । आगलागीका कारण थाउजन्ट ओक शहरका ७५ हजार घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
Toured the #WoolseyFire area with @PIOErikScott . Huge effort by multiple Fire and Police agencies. Make sure to evacuate if told to do so. Check for Ventura County updates at - https://t.co/61cdo6Bkqx pic.twitter.com/IPFEpcmAA2
— Jacqui Irwin (@jacquiirwin) November 10, 2018
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।