एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटीअनुसारको परिणाम नआएको बताउनुभएको छ ।
आफ्नाे नेतृत्वमा सरकार गठनको एक वर्ष पुगेको अवसरमा आज मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटीअनुसार हुन नसकेको स्वीकार गर्नुभएको हो । उहाँले सरकार असफल भने नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआई जडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदैछ । प्रधानमन्त्री कार्यालयमा रहेको एक्शन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले शुरु गरिसकेको छु । आज म देशबासीमा स्वीकार गर्दछु कि सरकार असफल त भएन तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन । देश कति बन्यो होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ ।’
प्रधानमन्त्री प्रचण्डले यही साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।