पनामा नहर नियन्त्रणमा लिने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प...
पुस ९, २०८१ मंगलबार
इरानका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उहाँको चिहान नजिकै भएका दुईवटा विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुगेको छ । हिजो भएको विस्फोट लगत्तै कम्तीमा ७३ जनाको ज्यान गएको पुष्टि भएको थियो ।
सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । घटनामा अरु एक सय ५० जनाभन्दा धेरै घाइते भएका छन् । सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको सम्झनामा आयोजित समारोहमा सयौँ मानिसहरू चिहानतर्फ जाँदै गर्दा विस्फोट भएको बीबीसीले जनाएको छ ।
सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेइपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो । सन् २०२० मा उहाँको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानीलाई विश्वकै एक नम्बर आतङ्ककारीको संज्ञा दिनुभएको थियो ।
केरमन प्रान्तका उप–गभर्नरले यो घटनालाई आतङ्कवादी आक्रमण भएको टिप्पणी गर्नुभएको छ । तर कसले विस्फोट गराएको हो भन्ने अहिलेसम्म यकिन भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।