इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ ।
पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर प्रदेशको स्वास्थ्य विभागका अधिकारीहरुले भने उनीहरुको मृत्यु जिका भाइरसबाटै भएको हो भन्ने पुष्टि गर्न भने अस्वीकार गरिरहेका छन् ।
प्रदेशको लोकप्रिय पत्रिका ‘द हिताभाडा’ले रोग नियन्त्रण विभागका निर्देशक डा। हिमांशु जैस्वारलाई उद्धृत गर्दै जिका भाइरसको आशंका गरिएका २०० जनाको रगतको नमुना सङ्कलन गरिएको समाचार लेखेको छ । सङ्कलन गरिएका नमुनाहरु भोपालमा रहेको एम्स अस्पतालको प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभएको समाचारमा उल्लेख छ ।
एम्सको प्रयोगशालाले परीक्षण गरिएकामध्ये ३१ जनामा जिका भाइरस देखिएको जनाएको छ । जिका भाइरस देखिएकामध्ये सातजना प्रदेश राजधानी भोपालका, १२ जना सेहोर र १२ जना भिडिसाका रहेका छन् ।
निर्देशक जैस्वारका अनुसार स्वास्थ्य विभागले ती नमुनाहरु थप परीक्षण र थप पुष्टिका लागि नेसनल इन्स्टीच्यूट अफ भाइरोलोजी पुणेमा पठाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।