च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
विश्वभर मिथेन ग्यास उत्सर्जनको अवस्था अध्ययन गर्न गुगलले आउँदो महिना उपग्रह परीक्षण गर्ने भएको छ । नयाँ उपग्रहले हरेक दिन १५ पटक पृथ्वीको परिक्रमा गर्नेछ ।
अहिले जलवायु परिवर्तनको मुख्य कारण मिथेन ग्यास उत्सर्जन रहेको वैज्ञानिकले जनाएका छन् । खेतीपाती, पशुपालन, प्राकृतिक ग्यास र फोहोरको व्यवस्थापनबाट मिथेन ग्यास उत्पादन हुन्छ । तर गुगल परियोजनाले तेल र ग्यास प्लान्टहरूमा मिथेन उत्सर्जनमा ध्यान केन्द्रित गर्नेछ । तेल र ग्यास निकाल्ने कम्पनीहरूले नियमितरूपमा मिथेन जलाउँछन् वा निकाल्छन् ।
गुगलको नयाँ परियोजना गुगल र पर्यावरण रक्षा कोषबीचको सहकार्य हो । यस उपग्रहबाट प्राप्त डाटालाई गुगलकै एआईले अध्ययन गर्नेछ । अध्ययनको निष्कर्षलाई विश्वभरका तेल र ग्यास पूर्वाधारमा मिथेन चुहावट पहिचान गर्ने उद्देश्यले मिथेन नक्सा बनाउन प्रयोग गरिनेछ । निष्कर्षलाई विभिन्न सरकार र कम्पनीलाई बुझाउने र ग्यास उत्सर्जन वा चुहावट कम हुने गुगलको अपेक्षा छ ।
सन् २०२२ मा भएको एक अध्ययनले सबैभन्दा ठूलो मिथेन उत्सर्जनमा तुर्कमेनिस्तान, रुस र अमेरिका देखिएका थिए । चीन र क्यानडाको पनि ठूलो हिस्सा थियो । अहिले मिथेनको स्तर चिन्ताजनकरूपमा उच्च रहेको छ । नासाका अनुसार पछिल्लो दुई सय वर्षमा ग्यासको स्तर दोब्बरभन्दा बढी भएको छ र यसको ६० प्रतिशत मानव गतिविधिले सिर्जना गरेको हो । गाईपालनका कारण मिथेन ग्यास निकै बढ्ने अध्ययन पनि सार्वजनिक भएका छन् । सन् २०२० मा अमेरिकी वातावरण संरक्षण एजेन्सीले गरेको अध्ययनले एउटा गाईले हरेक वर्ष एक सय ५४ देखि दुई सय ६४ पाउन्ड मिथेन ग्यास उत्पादन गरेको देखाएकाे थियो । मासु र दूधका लागि विश्वभर एक अर्ब ५० करोड वटा गाई पालेको अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।