जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
पुस ३, २०८१ बुधबार
धनुषा – हत्याको मुद्दामा अदालतमा साक्षी दिने तयारीमा रहेका एक वृद्धको हत्या भएको छ । धनुषाको विदेह नगरपालिका –५, मुडिबा बस्ने ६७ वर्षीय मानैर ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ ।
शुक्रबार जिल्ला अदालत धनुषामा एकै गाउँकै एक महिलाको हत्या घटनाको साक्षी दिने तयारीमा रहेका ठाकुर बुधबार साँझदेखि हराइरहेका थिए । बिहीबार बिहान उनको शव घरनजिकै रहेको समुदायिक विद्यालय पछाडिको खाल्डोमा फेला परेको छ । ठाकुरको आँखा र कञ्चटमा छुरा प्रहार भएको शवको प्रकृतिमा देखिएको प्रहरीले जनाएको छ ।
वि.स. २०७४ असोज १० गते साँझ ठाकुरका छिमेकी लक्ष्मी मण्डलकी ५२ वर्षीय श्रीमती माेहनीदेवीको हत्या भएको थियो । बच्चाको विषयमा झगडा हुँदा स्थानीय रामबहादुर मण्डलले कुटपिट गरेपछि घटनास्थलमै गुगनीको ज्यान गएको थियो ।
प्रहरीका अनुसार त्यही हत्याकाण्डमा ठाकुर शुक्रबार जिल्ला अदालत धनुषामा बकपत्र दिने तयारीमा रहेका थिए । स्थानीयका अनुसार गएको आइतबार मण्डलकी श्रीमतीकी हत्याका अभियुक्त रामबहादुर मण्डल र ठाकुरबीच साक्षी दिने विषयमा समान्य भनाभन भएको थियो ।
ठाकुरको हत्या विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपालियाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।