खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत
माघ १, २०८१ मंगलबार
धनुषा – १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन आज जनकपुरधाम फर्किएका छन् । १४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछीलगायत जनकपुरधामको विभिन्न ठाउँमा बास बस्ने गर्छन् ।
फागुने औंशीको दिन गएको फागुन २७ गतेदेखि धनुषाको मिथिला नगरपालिका ८ कचुरी मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम पुगेर अन्य मठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत शुरु भएको थियो । फागु पूणिर्माको दिन पुनः आज जनकपुरधाम फर्किेरहेका परिक्रमा यात्री भोलि सोमवार अन्तगरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुन्छ ।
मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित एक सय ३३ किलो मिटर भू–भागको पद यात्रा गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।