खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत
माघ १, २०८१ मंगलबार
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । हिजो होली खेलेर नुहाउन नदीमा जाँदा उनीहरु बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा –१४ साउनेका ११ वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन ।
त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु हिजो दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको खोजी भैरहेको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।