खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत
माघ १, २०८१ मंगलबार
काठमाण्डौ – इडियन प्रिमियर लिग (आईपीएल) को आफ्नो पहिलो खेलमा गुजरात टाईटन्सले मुम्बई इण्डियन्सलाई हराएको छ । गएराति भएको खेलमा गुजरातले ६ रनको रोमाञ्चक जित दर्ता गरेको हो । गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ३८ बलमा सर्वाधिक ४६ रन बनाए ।
यस्तै ओपनर रोहित शर्माले २९ बलमा ४३ रन हाने । तिलक बर्माले २५ तथा नमन धिरले २० रनको योगदान दिए । गुजरातका लागि स्पेन्सर जोन्सन, मोहित शर्मा र अजमतुल्लाह ओमारजाईले समान २–२ विकेट लिए । यस्तै साई किशोरले १ विकेट लिए ।
त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । गुजरातका लागि साई सुदर्शनले ३९ बलमा सर्वाधिक ४५ रन बनाए । यस्तै पहिलो पटक कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३१ रन जोडे । राहुल तेवातियाले २२ तथा रिद्धिमान शाहले १९ रन बनाए । मुम्बईका जस्पृत बुम्राहले ३ विकेट लिए । यस्तै जेराल्ड कोट्जीले २ तथा पियुस चावलाले १ विकेट लिए ।
यसअघि हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई २० रनले हरायो । पहिलो संस्करणको विजेता राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन मात्र बनाउन सक्यो ।
आईपीएलमा आज पंजाब किंग र रोयल च्यालेन्जर्स बेंगलूरु खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।