युवाहरुलाई कृषि पेशामा लाग्न प्रेरित गरौँ

 भदौ १९, २०८१ बुधबार ११:३९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

अमित संग्रौला / झापा, हाल मलेसिया 

अहिले विदेशिने युवाको सङ्ख्या बढेको छ । दक्ष जनशक्ति विदेशिने क्रम बढेसँगै गाउँ सुनसान हुन थालेको छ । गाउँमा अहिले बृद्ध र बालबालिका मात्र भेटिन्छन् । यसको सोझो प्रभाव कृषिमा देखिएको छ । नेपाल कृषिप्रधान देश भएकाले अहिले पनि ६२ प्रतिशत जनसङ्ख्या कृषि पेशामै निर्भर छन् ।

यो पेशा अपनाएर राम्रो आम्दानी गर्ने जमात नेपालमा छ । प्रविधिका हिसाबले कृषि पनि विकसित हुँदैछ । तर केही सयमयता युवा पढ्न र कामका लागि विदेशिएसँगै यो पेशा सङ्कटमा पर्ने सम्भावना बढी देखिन्छ । यसका लागि राज्यले कृषकको लागि नीति, कार्यक्रम, विभिन्न सेवा सुविधाहरु, राम्रो कृषकको लागि पुरस्कार व्यवस्था गर्ने योजनाहरु बनाउन आवश्यक देखिन्छ ।

युवालाई कृषिबाट जीवनस्तर उकास्न सकिन्छ भन्ने प्रोत्साहन र हौसला दिन आवश्यक छ । यसका लागि हरेक वर्ष खेती गर्ने समयमा बीउ, बिजन र रासायनिक मल नपाउने समस्याको व्यवस्थापन गर्न आवश्यक छ । साथै, अबका दिनमा परम्परागत खेतीभन्दा आधुनिक खेतीमा जोड दिनुपर्छ । कुन –कुन समयमा के खेती गर्ने ? कसरी गर्ने ? कृषि सम्बन्धी तालिम पनि युवा वर्गलाई दिन आवश्यक छ ।

यसैगरी, यो पेशा अपनाएर केही गर्न सक्छु युवाहरूलाई कृषि अनुदान दिन सकिन्छ । यसो गरे आफ्नै देशमा बसेर पनि माटोमा सुन फलाउन सकिन्छ । तसर्थ कृषिमा पनि आत्मनिर्भर हुन जरुरी छ । यसैगरी, स्थानीय सरकारदेखि केन्द्रसम्म ध्यानाकर्षण हुन जरुरी छ

युवा लक्षित कार्यक्रम ल्याउन आवश्यक छ । कृषिमा विकास गर्न सकियो भने आम्दानीको स्रोत बढ्छ । मानिसको आर्थिक अवस्था उकास्न मद्दत पुग्छ । यसको लागि युवाहरु एकजुट हुन जरुरी छ । सरकारले पनि यसबारे सचेत भएर काम गरे देश विकास हुन्छ । देश समृद्धितिर जाँन्छ । देशमा आर्थिक विकासमा टेवा पुग्छ ।

तपाईको प्रतिक्रिया