यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – चालु आर्थिक वर्षको ६ महिनामा विदेश जाने घटेका छन् भने रेमिट्यान्स चाहिँ बढेको छ । साउनदेखि पुससम्ममा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैककाअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ३० दशमलब २ प्रतिशतले रेमिट्यान्स बढेको हो । रेमिट्यान्स बढे पनि यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ ।
साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३९ दशमलब १ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यसै अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या १ दशमलब ८ प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मलेसिया जाने नेपालीको संख्या उल्लेख्य घटेको छ ।