कुवेती दिनारको भाउ केही बढ्यो, अमेरिकी डलरसहित अरु विदेशी मुद्रा स्थिर

 चैत २५, २०७५ सोमबार १०:२०:२१ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र कोरियन वनको भाउ घटबढ भएको छैन । आइतबारकै भाउमा साट्न सकिन्छ । कुवेती दिनारको भाउ केही पैसा बढेको छ भने बहराइन दिनारको भाउ केही घटेको छ ।

आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा छ । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा छ ।  

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा छ । 

यस्तै सोमबार कुवेती दिनारको भाउ केही पैसा बढेको छ भने बहराइन दिनारको भाउ केही पैसाले घटेको छ ।  कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९१ पैसा तोकिएको छ । हिजो खरिददर ३६२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५५ पैसा तोकिएको थियो । 

बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ९२ र पैसा बिक्रीदर २९४ रुपैयाँ ५१ पैसा छ । हिजो दिनार १ को खरिददर २९३ रुपैयाँ र बिक्रीदर २९४ रुपैयाँ ५९ पैसा थियो । 

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । 

तपाईको प्रतिक्रिया