बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

 असार ५, २०७६ बिहिबार ११:१३:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा थियो । 

यस्तै बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा छ । हिजो बुधबार यसको खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा छ । हिजो यसको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा छ । मंगलबार दिर्हामको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा थियो ।

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६४ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ । बुधबार यसको खरिददर २६ रुपैयाँ ६० पैसा र बिक्रीदर २६ रुपैयाँ ७४ पैसा छ । 

आज कोरियन वनको भाउ भने केही बढेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको थियो । 

बिहीबार कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६९ पैसा छ । हिजो खरिददर ३६५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५५ पैसा थियो । 

यस्तै बिहीबार बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६३ पैसा छ । बुधबार यसको खरिददर २९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६३ पैसा थियो । 
 

तपाईको प्रतिक्रिया