बिहीबार दिनार, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको भाउ केही बढ्यो

 असार २६, २०७६ बिहिबार १०:२७:३५ | उज्यालो सहकर्मी

काठमाण्डौ – यो हप्ता लगातर घटेको विदेशी मुद्राको भाउ बिहीबार भने केही पैसा बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा तोकेको थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ १७ पैसा र बिक्रीदर २९ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रीदर २९ रुपैयाँ ३२ पैसा रहेको थियो। 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा रहेको थियो। 
यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर २९ रुपैयाँ २५ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको थियो। 
बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २६ रुपैयाँ ५८ पैसा छ । बुधबार खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा थियो । 

बिहीबार कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ३५ पैसा छ । हिजो खरिददर ३५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६१ रुपैयाँ १६पैसा थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ २२ पैसा र बिक्रीदर २९१ रुपैयाँ ८१ पैसा छ । मंगलबार खरिददर २९० रुपैयाँ ६१ पैसा र बिक्रीदर २९२ रुपैयाँ २० पैसा रहेको थियो ।
 

तपाईको प्रतिक्रिया