रिंगिट, दिर्हाम र कोरियन वनको भाउ बढ्यो

 असार २७, २०७६ शुक्रबार १०:३२:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार मलेसियन रिंगिट, यूएई दिर्हाम र कोरियन वनको भाउ केही बढेको छ । अमेरिकी डलर, दिनार र कतारी रियालको भाउ भने केही घटेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा तोकेको थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रीदर २९ रुपैयाँ २८ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ १७ पैसा र बिक्रीदर २९ रुपैयाँ ३३ पैसा रहेको थियो। 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा रहेको थियो। 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर २९ रुपैयाँ २५ पैसा रहेको थियो। 

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५४ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा छ । बिहीबार खरिददर २६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २६ रुपैयाँ ५८ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा थियो । 

शुक्रबार कुवेती दिनार १ को खरिददर ३५८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९३ पैसा छ । हिजो खरिददर ३५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ३५ पैसा थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ २२ पैसा र बिक्रीदर २९१ रुपैयाँ ८१ पैसा छ । हिजो खरिददर २८९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९१ रुपैयाँ २८ पैसा रहेको थियो ।
 

तपाईको प्रतिक्रिया