मंगलबार सबै विदेशी मुद्राको भाउ बढ्यो

 साउन ७, २०७६ मंगलबार ११:५०:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार सबै विदेशी मुद्राको भाउ बढेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो पनि खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९पैसा थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३२ पैसा र बिक्रीदर २९ रुपैयाँ ४८ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा थियो ।

 कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ  ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको थियो। 
मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७४ पैसा र बिक्रीदर २६ रुपैयाँ ८८ पैसा छ । सोमबार खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । हिजो पनि खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा तोकिएको थियो । 

मंगलबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २३ पैसा छ । हिजो खरिददर ३६० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ६५ पैसा थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९३ रुपैयाँ २८ पैसा छ । हिजो खरिददर २९१ रुपैयाँ १५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ७४ पैसा थियो । 
 

तपाईको प्रतिक्रिया