मुटुमा प्वाल परेका राजेशलाई आर्थिक सहयोग

 भदौ २६, २०७६ बिहिबार १७:४२:४५ | उमाकान्त पाण्डे

यूएई – अर्घाखाँचीको बल्कोटबाट वैदेशिक रोजगारीमा गएका युवाहरुले मुटुसम्बन्धी समस्या भएका राजेश नेपालीलाई आर्थिक सहयोग गरेका छन् ।

मुटुमा प्वाल परेका बल्कोटका राजेश नेपालीलाई यूएई, कतार, मलेसिया, बहराइन लगायतका देशमा रहेका बल्कोटबासीले आआफ्नो क्षेत्रबाट रकम संकलन गरेर दुई लाख तीन हजार रुपैयाँ सहयोग गरेका हुन् । 

मुटुमा प्वाल परेर तत्कालै उपचार गर्नुपर्ने भएको तर परिवारको आर्थिक अवस्था कमजोर हुँदा राजेशले उपचार गर्न सक्नु भएको थिएन । 

राजेशको उपचारका लागि वडा तथा गाउँपालिकाले सहयोग उठाउन सिफारिस समेत गरेको थियो । त्यही सिफारिसका आधारमा बल्कोट दुबई सम्पर्क समाज यूएईले आर्थिक सहयोग अभियान चलाएको थियो ।

यसरी संकलित रकम स्थानीय प्रतिनिधिको उपस्थितिमा पीडित राजेश नेपालीलाई हस्तान्तरण गरिएको समाजका सचिव अमित पाण्डेले जानकारी दिनुभयो ।

बल्कोट दुबई सम्पर्क समाजले गएको चैतमा आगलागीका कारण घर गोठ तथा वस्तुभाउ जलेर नष्ट हुँदा समस्यामा परेका अर्घातोषका गोपाल रिमालको परिवारलाई ३५ हजार र त्यही गाउँका मृगौला पीडित १४ वर्षीया मनिषा नेपालीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको समाजका अध्यक्ष तुमलाल पाण्डेले बताउनु भयो ।
 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया