पार्ट–टाइम काम गर्न चाहनेहरुका लागि 'श्रीयाेग डटकम !'

 भदौ २७, २०७६ शुक्रबार १९:१७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँलाई पार्ट–टाइम काम गर्ने मानिस चाहिएको छ ? कहाँ खोज्ने ? इन्टरनेटमा सर्च गर्नु हुन्छ । तर, पाउन मुस्किल छ भने श्रीयोग डटकमले समाधान ल्याएको छ । 

मानिसको दैनिकीलाई सहज बनाउन श्रीयोग कन्सल्टिङ्ग प्रालिले श्रीयोग डट कम (www.sriyog.com) नामक वेबसाइटबाट यस्तो सेवा दिन थालेको छ । यो डिजिटल प्लेटफर्मको प्रमुख उद्देश्य बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सीप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याइ उनीहरुका लागि आम्दानीको बाटो सिर्जना गर्नु रहेको छ । 

श्रीयोगले डिजिटल प्लाटफर्ममा विभिन्न १८ ओटा मूख्य समूह, १ सय ५० भन्दा बढी उप–समूह तथा ती पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्पर्क नम्बर तथा ठेगाना, प्रोफाइल फिचर, नजिकको लोकेसनमा देखिने–नदेखिने बनाउन सक्ने, रेटिङ, रिभ्यू, शुल्क, अफर, कामका लागि उपलब्ध भएको, नभएको जानकारी समूह अनुसार राखी पार्ट–टाइम काम गर्ने मौका दिने भएको छ । 

यस अनलाइनमा आफूलाई सूचीकृत गर्न चाहने व्यक्तिले www.sriyog.com/register गएर आफूलाई दर्ता गराउनु पर्छ । दर्ता गराउन मोबाइल वा इमेल ठेगाना आवश्यक हुन्छ । दर्ता गराउँदा आफ्नो व्यक्तिगत विवरण, फोटो र अनुभवसमेत राख्न सकिन्छ । यसरी विभिन्न रोजगारीको किसिममा सूचीकृत भएका व्यक्तिहरुलाई रोजगारदाताले उनीहरुको व्यक्तिगत विवरण हेरेर सिधै सम्पर्क गर्न सक्छन् । 

श्रीयोग डटकम पूर्ण रुपमा पार्ट–टाइम काम गर्ने एउटा प्लेटफर्म हो, जुन नयाँ सोचका आधारमा बनाइएको छ । विभिन्न १८ ओटा मूख्य समूह अनि १ सय ५० भन्दा बढी उपसमूहमा स्थानको आधारमा प्रदेश, जिल्ला, शहर र ठाउँ (उदाहरणका लागि प्रदेश नं. १ भित्र मोरङ जिल्ला, त्यसभित्र विराटनगर, अनि त्यसमा पोखरिया भन्ने स्थान) मा काम गर्ने वा सेवा दिने व्यक्तिहरुको विवरण राखिन्छ ।

जसले त्यस्तो काम गर्ने वा सेवा दिने व्यक्तिहरुलाई खोजिरहनु भएको छ, त्यस्तो कामदार खोज्ने व्यक्ति र काम गर्ने व्यक्तिलाई वेबसाइट, मोबाइल एप्स र कल सेन्टरको माध्यमबाट जोड्ने काम गर्दछ । 

सन् २०१६ सेप्टेम्बर १२ मा सुरु भएको श्रीयोगले आजसम्म आइपुग्दा धेरै जनालाई काम गर्ने अवसर प्रदान गरिरहेको छ । 

2 Comments

तपाईको प्रतिक्रिया