वैदेशिक रोजगार विभागमा सेवाग्राहीको नारा जुलुस बढेपछि प्रवेशमा कडाइ, परिचय खुल्ने कागजात अनिवार्य

 फागुन ११, २०७९ बिहिबार १२:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सेवाग्राहीले नारा जुलुस गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ गरिएको छ ।

विभागका अनुसार काम गर्ने वातावरण नै प्रभावित भएपछि असम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा कडाइ गरिएको हो । अब विभागमा काम परेर जानेहरूले आफ्नो परिचय खुल्ने कागजात बोकेर गएमा मात्र प्रवेश पाइन्छ । असम्बन्धित व्यक्तिले प्रवेश पाउने छैनन् । 

पछिल्लो समय विभागमा न्याय सम्पादनको काम नगरेको भन्दै सेवाग्राहीले काम चलिरहेकै बेलामा नारा जुलुस गर्ने र अमर्यादित भाषाको समेत प्रयोग गर्ने क्रम बढेको छ । 

सेवाग्राहीको नारा जुलुस र अन्य गतिविधिका कारण काम गर्ने वातावरण नै प्रभावित भएको भन्दै विभागले काम कारबाहीप्रति केही गुनासो भएमा कानुनी प्रक्रिया अनुसार नै गुनासो लिएर आउन सेवाग्राहीलाई अनुरोध गरेको छ । 

कार्यालयभित्र भइरहेको अमर्यादित क्रियाकलापलाई अन्य गरी विधि र प्रक्रिया बमोजिम काम गर्ने वातावरण निर्माणमा सहयोग पुर्‍याउन विभागले सम्बन्धित सबै सरोकारवालाहरूसँग अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया