साउदी : दिउँसाेकाे समयमा श्रमिकलाई खुल्ला ठाउँमा काममा लगाउन प्रतिबन्ध

 जेठ ३२, २०८० बिहिबार १६:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – साउदीमा दिउँसोको समयमा श्रमिकलाई खुल्ला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी)ले आफ्ना श्रमिकहरुलाई सूर्यको प्रकाशमुनि काममा नलगाउन सबै निजी कम्पनी तथा प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । 

जुन १५ अर्थात् आजदेखि आउँदो सेप्टेम्बर १५ सम्म तीन महिनाको लागि यस्तो प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको छ । यो अवधिमा दिउँसो १२ देखि ३ बजेसम्म तीन घण्टा श्रमिकहरुलाई खुल्ला ठाउँको काममा लगाउन पाइने छैन । 

खाडी देश साउदीमा यी तीन महिनाको अवधिमा अत्याधिक गर्मी हुन्छ । दिउँसाेकाे समयमा ५० डीग्री सेन्टिग्रेड तापक्रम पुग्ने सूर्यको प्रत्यक्ष गर्मीमा काममा लगाउँदा श्रमिकहरुमा स्वास्थ्य समस्या देखिन्छ । त्यसैले साउदी सरकारले त्यहाँका निजी क्षेत्रमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षाको लागि यो अवधिमा दिउँसोको समयमा काममा लगाउन प्रतिबन्ध लगाएको जनाएको छ । यदि कसैले नियमको उल्लंघन गरेर काममा लगाए १९९११ नम्बरमा फोन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया