साउदीमा बन्दुक आक्रमणमा ज्यान गुमाउने नेपाली सुरक्षा गार्डकाे परिचय खुल्यो

 असार १५, २०८० शुक्रबार १४:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

साउदी अरबमा बुधवार भएको बन्दुक आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षा गार्डको परिचय खुलेको छ । ज्यान गुमाउनेमा रुपन्देहीका ५९ वर्षीय नैनसिंह नेपाली रहेको बीबीसीले जनाएको छ । सरकारी विवरणमा भने उहाँको जन्मस्थान बागलुङ उल्लेख छ ।

नैनसिंह साउदीको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डकोरुपमा कार्यरत हुनुहुन्थ्यो । बुधबार कारमा आएका एक बन्दुकधारी अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका थिए । उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको थियो । त्यही गोली लागेर नैनसिंह नेपालीको ज्यान गएको हो ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार नैनसिंहका छोरा पनि अहिले साउदीको रियादमा कार्यरत छन् । घटनाको बारेमा नैनसिंहको परिवारलाई घरमा जानकारी गराइसकिएको दूतावासले जनाएको छ । 

तपाईको प्रतिक्रिया