वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

 असार १५, २०८० शुक्रबार १६:२७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीमा युराेपेली देश माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले झापा अर्जुनधारा ३ का ३८ वर्षीय युवराज लिम्बूलाई पक्राउ गरेको हो । 

माल्टामा महिनाको एक लाख रुपैयाँ भन्दा बढी कमाइ हुन्छ र त्यहाँ जान १२ लाख रुपैयाँ लाग्छ भन्दै पीडितबाट ६ लाख ३० हजार रुपैयाँ लिएर लिम्बू सम्पर्कविहीन भएका थिए । उनलाई हिजो काठमाण्डौको कालोपुलबाट पक्राउ गरेर थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको लागि युरोपेली देश पठाउने भन्दै ठग्ने क्रम बढेको छ । वैदेशिक रोजगार विभागमा यसरी ठगिएर उजुरी दिन आउनेहरुको संख्या पनि दिनप्रतिदिन बढीरहेको छ ।
 

1 Comments

  • shyam bahadur thapa

    June 30, 2023, 8:36 p.m.

    Namaskar sir.hamilai pani ekjanale france pathaidinxu vaner bank bat lone nikalna pathayer ma ra mero sathi bat lakhau khayer aile samparkma xaina usko name raju ranabhat ghar paila divyapuri 1 nawalprasi ho aile bhairuwatir basxa hamro ta ghar bar bankle khaidini vayo hamilai pani sahyog chaiyeko xa.

तपाईको प्रतिक्रिया