वैदेशिक क्षेत्रका २ लाख १६ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

 असार ३१, २०८० आइतबार ६:४७:२० | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । अहिलेसम्म २ लाख ६० हजार ८२ जना श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । 

सरकारले गएकाे चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । याे व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनुअगावै कोषमा सूचीकृत हुनुपर्नेछ । कोषमा औपचारिक क्षेत्रका ४ लाख २३ हजार ९२ श्रमिक आबद्ध भएका छन् । 
    
कोषमा अहिलेसम्म औपचारिक र वैदेशिक क्षेत्रका गरी कुल ६ लाख ३९ हजार एक सय ७४ श्रमिक सूचीकृत भएका छन् । कोषले विभिन्न सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई पाँच अर्ब एक करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

कोषमा १८ हजार रोजगारदाता सूचीकृत भएका कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ३६ अर्ब २६ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । 

कोषले औपचारिक क्षेत्रका श्रमिकका तर्फबाट मासिक ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत योगदान रकम सङ्कलन गर्दै आएको छ । कोषबाट अहिलेसम्म ८८ हजार पाँच सय ८५ योगदानकर्ताले विभिन्न सुविधा लिएका छन् । 

1 Comments

तपाईको प्रतिक्रिया