नेपालबाट बनेर साउदी पुगेका राहदानी दूतावासबाट सङ्कलन गरी वितरण गर्दा लिइयो अनधिकृत शुल्क

 साउन २, २०८० मंगलबार १६:३३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालबाट बनेर साउदी पुगेका राहदानी वितरण गर्दा श्रमिकसँग कतिपय व्यक्ति र संस्थाले अनधिकृत रकम असुल्ने गरेको पाइएको छ ।

साउदीमा रहेको नेपाली दूतावासमा राहदानी नवीकरणका लागि आवेदन दिई नेपालबाट तयार भएका राहदानीहरू दूतावासबाट सङ्कलन गरी सम्बन्धित श्रमिकलाई बुझाउँदा व्यक्ति र कतिपय सङ्घसंस्थाबाट ठगी भएको भन्दै दूतावासले राहदानी लिँदा कुनै पनि शुल्क नतिर्न अनुरोध गरेको छ । 

राहदानी बनाउने बेला दूतावासमा राजश्व बुझाएपछि फेरि कहीँ कतै पनि रकम तिर्न पर्दैन । तर कोही व्यक्ति वा सङ्घसंस्थाले सेवाको नाममा अनधिकृत रूपमा रकम लिएमा त्यो ठगी भएको र त्यसको जबाफदेहिता स्वयं व्यक्ति वा संस्था हुने दूतावासले जनाएको छ ।

यस्तै, दूतावासमा राहदानीको आवेदन दिएका कतिपयलाई आवेदन रिजेक्ट भएको म्यासेज आएको भए पनि राहदानी बनेर आउने सूचना जारी गरेको छ ।

दूतावासका अनुसार यस पटक सबै आवेदकको ६६ पृष्ठको राहदानी नवीकरण भएर आउने हुँदा यस्तो समस्या भएको हो ।

त्यसैले राहदानीको आवेदन दिएकाहरूलाई रिजेक्ट म्यासेज आएको भए पनि नआत्तिन र ढुक्क भएर बस्न दूतावासले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया