आईपीएल क्रिकेटमा आज लखनउ र दिल्ली खेल्दै
बैशाख ९, २०८२ मंगलबार
काठमाडौं – वैदेशिक रोजगारीमा जान चाहनेलाई काम, पाउने सेवा सुविधा लगायतका विषयमा जानकारी दिने गरी वैदेशिक रोजगार बोर्डले वेबसाइट ल्याउने भएको छ ।
बोर्डले आफ्नो स्थापनाको १० औं वार्षिकोत्सवको अवसरमा नेपाली कामदारले आफू जान लागेको कम्पनी, आफूले गर्नुपर्ने काम, तलव सुविधा तथा लागत खर्च लगायतका कुरा अनलाइन मार्फत नै हेर्न पाउने गरी नयाँ वेबसाइट ल्याउन लागेको जानकारी दिएको हो ।
नयाँ वेबसाइटको बारेमा जानकारी दिदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले बोर्डले सुरु गर्न लागेको नयाँ अनलाइन मार्फत कामदारले आफ्नो चाहना अनुसारको काम खोज्न सक्ने र दलालबाट ठगीने सम्भावना कम हुने विश्वास व्यक्त गर्नुभयो ।
अहिलेसम्म विकास गरिएको साइटको सेवाका बारेमा प्रस्तुत गर्दै इन्जिनियर श्रेष्ठले अनलाइनमार्फत आफ्नो प्रदेश वा जिल्लामा भएका म्यानपावर कम्पनी अभिमुखिकरण तालिम केन्द्र, स्वास्थ्य परिक्षण गर्ने संस्था लगायतका बारेमा पनि जानकारी पाइने बताउनुभयो ।
नयाँ वेबसाइटमा वैदेशिक रोजगार विभागले प्रमाणीकरण गरेको माग मात्रै राखिने भएकाले घरमै बसेर कामदारले आफ्नो इच्छा अनुसारको भरपर्दो काम खोज्न सक्नेछन् ।
अर्जुन लकान्द्रि
Nov. 4, 2018, 7:27 p.m.सरकारले पहिला विदेशगएकाहरुको श्रम सुनिश्चित गरे हुन्थ्यो कि ? विदेश जान चाहनेहरुलाइ घरमानै बसेर रोजगार खोज्ने website बनाउने भनी आशा मात्र कति देखाउने ? अब जनताले आशा होइन, काम पहिला हेर्न चाहन्छ्न ।