आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

 वैशाख ९, २०८२ मंगलबार ९:१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज अप्रिल २२ तारिख, विश्व पृथ्वी दिवस । ‘हाम्रो शक्ति, हाम्रो ग्रह’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् २००९ मा राष्ट्र सङ्घको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

सन् १९७० अप्रिल २२ तारिखमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो ।

यो दिनमा मानवीय गतिविधिले निम्त्याएको वातावरणीय क्षतिको विरोधमा संयुक्त राज्य अमेरिकाका मुख्य शहरहरूमा दुई करोड मानिस निस्किएका थिए ।

पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिन्छ ।

२०औं सताब्दीयता पृथ्वीको बढ्दो तापमान ठूलो चुनौतीको रुपमा आएको छ । वर्षेनी शून्य दशमलव १८ डिग्री सेल्सियसको दरले पृथ्वीको तापक्रम बढिरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् ।

सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओजाेन तहको नास, डर लाग्दा आँधी तुफान र सुनामीजस्ता प्राकृतिक विपद्का घटना बढेका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया