सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
बैशाख ९, २०८२ मंगलबार
पर्सा – वीरगञ्जमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान बरामद हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालयका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार रुपैयाँ बराबरको अवैध तथा शङ्कास्पद मालसामान बरामद गरेको जानकारी दिनुभयो ।
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको उहाँको भनाइ छ ।
सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुई वटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बलले २०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्म २८ करोड ११ लाख ६ हजार रुपैयाँ मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यसैगरी यही अवधिमा १३ करोड ८१ लाख २५ हजार दुई सय २० रुपैयाँ मूल्यको बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।