ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले सबै विकल्प र संयन्त्र अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको छ । शिक्षकहरूलाई अनुरोध गर्ने तर उनीहरूबाट परीक्षामा सहयोग नभएको खण्डमा विकल्पमा जाने बोर्डको भनाइ छ ।
पर्सि ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभएको खण्डमा अरू आवश्यक सबै संयन्त्र प्रयोग गरेर परीक्षा सञ्चालय गर्ने बोर्डले निर्णय गरिसकेको छ । गृह मन्त्रालयमार्फत सुरक्षा तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पालिकालाई अनुरोध गर्ने, जिल्लाको परीक्षा समन्वय समिति, शिक्षा इकाइ तथा प्रदेशमा रहेको बोर्डको कार्यालय सबैसँग समन्वय गरी केन्द्राध्यक्ष खटाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनुभएको छ ।
नेपाल शिक्षक महासङ्घले भने परीक्षा बहिष्कार गर्ने अडानलाई यथावत् राखेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत २० गतेदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका छन् । दबाव थेग्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजो राजीनामा दिनुभएको छ ।
यस पटक कक्षा १२ को परीक्षामा झन्डै ५ लाख ११ हजार जना परीक्षार्थी छन् । परीक्षाका लागि १ हजार ५ सय ९० वटा केन्द्र तोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।