शिक्षकहरूकाे समस्याप्रति सरकार गम्भीर भएन : अध्यक्ष प्रचण्ड

 वैशाख ९, २०८२ मंगलबार १८:१६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको अवसरमा आज काठमाण्डाैमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले हजारौं शिक्षकहरू सडकमा हुँदा पनि सरकार समस्याको समाधानप्रति गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले वार्ता र संवादबाट समस्याको समाधान खोज्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयाे, ‘हजारौं/लाखौं शिक्षकहरू सडकमा छन्, ती शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउनेबाहेक केही पनि गर्नुभएको छैन । शिक्षकहरूको समस्यालाई हल्का रूपमा नलिइयोस् ।’

अन्तिम अपडेट: बैशाख ९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया