नयाँ वर्षमा क्लासिक टेककाे अफर, २५ महिना इन्टरनेट ढुक्क

 चैत ३०, २०८० शुक्रबार १८:५७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ ।

यस अफरमा ग्राहकले २०० एमबीपीएस वार्षिक जडान गर्दा २५ महिनासम्मको इन्टरनेट पाउने क्लासिक टेकले जनाएकाे छ । जसमा १३ महिना इन्टरनेट र १३ महिना आईपीटीभी सर्भिसमा बोनससमेत हुने कम्पनीले दाबी गरेको छ । २०० एमबीपीएसको वार्षिक जडान खर्च ५ सय ६६ रुपैयाँ प्रतिमहिना रहेको छ । यस अफरमा २५ महिना बोनसका साथै फाइभ गेगाहर्ज डुअल ब्यान्ड राउटर र स्मार्ट सेट टप बक्स पनि उपलब्ध हुनेछ ।

यस अफरअन्तर्गत जेडटीई कम्पनीको राउटर र काराे टीभीको आईपीटीभीकाे सर्भिस पनि पाइने कम्पनीले जनाएकाे छ । पुराना ग्राहक वर्गका लागि पनि क्लासिक टेक रिचार्ज अफर ल्याएको छ । ग्राहकले रिफर गरेबापत पनि थप दुई महिना बोनस पाउने विज्ञप्तिमा उल्लेख छ ।

थप जानकारीका लागि ९८०१००४४७७ नम्बरमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया