दीपिकाले लगाएको औँठीकै मूल्य झण्डै ३ करोड !

 कात्तिक ३०, २०७५ शुक्रबार २०:३०:५४ | एजेन्सी
unn.prixa.net

अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा लगनगाँठो कसिसकेका छन । 

उनीहरुको विवाहको तस्बिर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । दुलही र दुलाहाको पहिरनमा सजिएका दीपिका र रणवीरको तस्बिर फ्यानहरुले निकै मन पराइरहेका छन् । दीपिकाले लगाएको इन्गेजमेन्ट रिङ्गले धेरैको ध्यान खिचेको छ । साथै अहिले दीपिकाको इन्गेजमेन्ट रिङ्गको मूल्यको पनि चर्चा भइरहेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार दीपिकाले लगाएको इन्गेजमेन्ट रिङ्गको मूल्य १.३ करोड देखि २.७ करोड भारतीय रुपैयाँ बराबरको हो । साथै दीपिकाले लगाएको मंगलसुत्रको मूल्य २० लाख रुपैयाँ भएको बताइएको छ । उनले रणवीर सिंहका लागि झण्डै २० तोलाको सिक्री पनि किनेकी थिइन् ।

यसैगरी दीपिकाले ओढेको घुम्टी पनि विशेष थियो । उनको घुम्टीमा गोल्डेन कढाई गरेर ‘सदाः सौभाग्यवती भवः ।।’ लेखिएको थियो । कढाई गर्दा कुनै सामान्य धागोको प्रयोग नभई सुनको धागो प्रयोग गरिएको थियो । दीपिकाको लागि यो घुम्टी रणवीर सिंहको परिवारको तर्फबाट बनाइएको थियो । 

विवाहको तस्बिरले बनायो रेकर्ड

दीपिका र रणवीरको विवाहको तस्बिरले विराट कोहली र अनुष्का शर्माको विवाहको फोटोले बनाएको रेकर्डलाई तोडेको छ । दीपिका पादुकोणले सबैभन्दा पहिले विवाहको फोटो उनको इन्स्टाग्राम एकाउन्टमार्फत सार्वजनिक गरेकी थिइन् । तस्बिरलाई पोस्ट भएको २ घण्टाभित्रमा २६ लाख भन्दा धेरै लाइकहरु पाएको थियो ।

साथै तस्बिर सार्वजनिक भएको १५ घण्टाभित्र ५१ लाख भन्दा धेरै लाइकहरु पाइसकेको थियो भने विराट र अनुष्का शर्माको विवाहको तस्बिरले १५ घण्टाभित्र २५ लाखभन्दा बढी लाइक पाएको थियो । 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

❤️

A post shared by Deepika Padukone (@deepikapadukone) on

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया