१५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया शुरु

 बैशाख २, २०८१ आइतबार १८:९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षमा १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया शुरु गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आउँदो सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो । मन्त्रालयले किसानहरूलाई रासायनिक मलको अभाव हुन नदिनका लागि आउँदो वर्षको बजेटमा १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी मल खरिदका लागि टेन्डर प्रक्रियामा गएको बताएको छ ।

मन्त्रालयले किसानहरूलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेटअघि नै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया शुरु गरेको जनाएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले दुई लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

सचिव शर्माले गहुँका लागि आवश्यक मल खरिदका लागि बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेटअघि नै स्रोत सुनिश्चि गरेर टेण्डर गरिएको बताउनु भयो । उहाँले यो वर्ष रासायनिक मलको अभाव नहुने दाबी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया