मङ्गोलियामा साढे ३ वर्षमा ४ करोड २० लाख बिरुवा रोपियो

 बैशाख २०, २०८१ बिहिबार १५:१७:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मङ्गोलियाले सन् २०२१ देखि अहिलेसम्ममा चार करोड २० लाख वटाभन्दा धेरै बिरुवा रोपेको छ । साढे तीन वर्षअघि अर्थात् सन् २०२१ मा राष्ट्रिय वृक्षरोपण अभियान शुरु गरेदेखि देशभर चार करोड २० लाख वृक्षरोपण भएको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मङ्गाेलियाले यही मे ११ मा सबैभन्दा ठूलो वृक्षरोपण र प्रकृति हेरचाह कार्यक्रम मनाउने तयारी गरेको छ । जसका लागि छ करोड वटाभन्दा धेरै बिरुवाका बेर्ना तयार पारिएको खबरमा उल्लेख छ ।

सन् २०२१ अक्टोबरमा मङ्गोलियाले राष्ट्रव्यापी वृक्षरोपण अभियान 'बिलियन ट्रिज' शुरु गरेको थियो । त्यस्तै राष्ट्रपति उखना खुरेलसुखले संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै मरुभूमिकरणविरुद्ध लड्न सन् २०३० सम्म कम्तीमा एक अर्ब वटा रुख राेप्ने घोषणा गर्नुभएको थियो ।

जलवायु परिवर्तनसँग सम्बन्धित मरुभूमिकरणका कारण मङ्गाेलियामा पहेँलो धुलोको आँधीबेहरी बढिरहेको छ । त्यसलाई कम गर्न वृक्षरोपण नै एकमात्र उपाय भएको सरकारले जनाएको छ ।

मङ्गोलियाको ७७ प्रतिशत क्षेत्र मरुभूमिकरण बनेको छ या जमिन बिग्रिएको छ । अहिले मङ्गोलियाको ११ दशमलव ८९ प्रतिशत भाग वनले ढाकिएको छ, अब यसलाई बढाएर कम्तीमा १५ प्रतिशत बनाउने तयारी छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया