जोखिम नमोली परिणाम प्राप्त हुँदैन : अर्थमन्त्री पुन

 बैशाख २०, २०८१ बिहिबार १५:१५:४८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेटबारे पूर्वप्रशासक र विज्ञहरूसँग सुझाव लिनुभएको छ । मन्त्री पुनले पूर्वअर्थसचिव, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसँग बजेटका सन्दर्भमा सुझाव लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

छलफलमा सहभागीले यथार्थपरक र कार्यान्वयन हुनसक्ने बजेट ल्याउन सुझाव दिएका छन् । पुँजीगत खर्च बढाउनुपर्ने र साधारण खर्च घटाउन आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धनको नीति अख्तियार गर्न उनीहरूको सुझाव छ । यस्तै प्रदेश र पालिकाको क्षेत्रमा पर्ने साना आयोजनामा बजेट विनियोजन नगर्न, सहकारी समस्या समाधान गर्न, बजेट खर्च गर्ने निकायको संरचनागत सुधार गर्नुपर्ने सुझाव प्राप्त भएको छ ।

पूर्वप्रशासक र विज्ञको सुझाव लिएपछि अर्थमन्त्री पुनले आर्थिक शिथिलताबाट देशलाई कसरी माथि उठाउने भन्नेबारे सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरू क्रियाशील र चिन्तित भएका बताउनुभयो । उहाँले गएको वर्षको तुलनामा अर्थतन्त्रका धेरै सूचकमा सुधार देखिए पनि केही क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताउनुभयो ।

अर्थतन्त्रमा सङ्कट हुँदा गरिएका कडाइहरूमा बिस्तारै खुकुलो हुँदै जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिनुभयो । निजी क्षेत्र र प्रशासन संयन्त्रको कमजोर मनोबल उठाउने गरी सरकार अघि बढेको उहाँको भनाइ छ ।

राजनीतिक नेतृत्वले देशको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको अर्थमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैले न कसैले आँट नगरि यही अवस्थामा देशको विकासले गति लिन सक्दैन । सबैतिर अविश्वासको वातावरण छ । सबै लोकरिझ्याइँको पछि लागेर हुँदैन । देश बनाउने हो भने यो अवस्था हटाउनुपर्छ ।’

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया