ग्लोबल आईएमईका क्रेडिट कार्डवाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

 बैशाख ४, २०८१ मंगलबार ७:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहकलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।

आईएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत अहिले आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण आधार शिविर, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, बाली, दुबई भ्रमणका लागि सहुलियत मूल्यको योजनाहरू ल्याएको छ ।

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २ सय १० रुपैयाँ र विदेश भ्रमणका लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकको क्रेडिट कार्डवाहकले आईएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । साथै यो योजनामा आबद्ध भई क्रेडिट कार्ड लिन चाहने ग्राहकले ५० प्रतिशत छुट पाउने बैंकले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया