सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, नयाँ दाबी पेश गर्न दुई दिनको समय

 बैशाख ४, २०८१ मंगलबार १८:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुदूरपश्चिमको मुख्यमन्त्रीको दाबी पेश गरेका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी प्रदेश प्रमुख नजिर मियाँले अस्वीकृत गर्नुभएको छ । एउटै दलका दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  मुख्यमन्त्री मियाँले नयाँ दाबीका लागि वैशाख ६ गते बेलुका ५ बजेसम्मको समय दिनुभएको छ ।

यसअघि प्रदेश प्रमुख मियाँले दश दिनको म्याद दिएर अस्ति आइतवारभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । तर एउटै दल अर्थात् नागरिक उन्मुक्तिका दुई जना लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्लाबेग्लै समर्थक जुटाएर दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श लिएर पुन दाबी पेश गर्ने समय दिनुभएको हो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया