खाडीको वर्षाले काठमाण्डौमा उडान प्रभावित, फ्लाई दुबईको आजको उडान भने नियमित

 बैशाख ६, २०८१ बिहिबार ७:१५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा सयौँ यात्रु अलपत्र परेका छन् । दुबई र शारजाहको विमानस्थल अवरुद्ध हुँदा कामका लागि जाने नेपाली काठमाण्डौमै रोकिएका हुन् ।

काठमाण्डौबाट दुबइ उडान भर्ने फ्लाइ दुबई, एयर अरेबिया, नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सका उडान प्रभावित भएका छन् ।

काठमाण्डौ–दुबई उडान गर्ने फ्लाइ दुबईको आजको उडान भने शुरु भएको छ । दिनमा चारवटा उडान हुने गरेकोमा बिहानको उडान नियमित रहेको र अरु उडान पनि हुन सक्ने फ्लाई दुबईले जनाएको छ । तर दुबईबाट बाहिर जाने उडान अझै नियमित भइसकेका छैनन् ।

फ्लाई दुबईले यात्रुहरुलाई टिकट खरिद गरिएका ट्राभल एजेन्सीमा सम्पर्क गर्न भनेको छ ।

यस्तै यूएईको अर्को शहर शारजाह उड्नुपर्ने एयर अरेबियाको आजको उडान रद्द भएको छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सका उडान तालिका पनि प्रभावित भएका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया