याे वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने अनुमान, प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ डलर पुग्यो

 बैशाख १८, २०८१ मंगलबार १८:४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने भएको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय तथ्याङ्क कार्यालयले आज चालु आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो । जसअनुसार उपभोक्ता मूल्यमा ३ दशमलव ८७ प्रतिशतको वृद्धिदर भए पनि आधारभूत मूल्यमा भने ३ दशमलव ५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । यससँगै नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ दशमलव ८ अर्ब रुपैयाँ पुगेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट ल्याएको थियो । तर बजेटको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्यून हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ ।

कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले यो तथ्याङ्कबाट अर्थतन्त्रका सूचकाङ्क सकारात्मक नै रहेको सङ्केत गर्ने बताउनुभयो । उहाँले ६ देखि ८ महिनाको तथ्याङ्कलाई आधार लिएर प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।

यसैगरी नेपालीको प्रतिव्यक्ति आय औसतमा वार्षिक १ हजार ४ सय ५६ अमेरिकी डलर पुगेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया