भारतीय ट्राफिक प्रहरीलाई वातावरण अनुकूलित हेल्मेट दिइने

 बैशाख ९, २०८१ आइतबार १२:३८:३४ | एजेन्सी
unn.prixa.net

एजेन्सी

भारतीय ट्राफिक प्रहरीलाई वातावरण अनुकूलित हेल्मेट दिइने भएको छ । विभिन्न राज्यका प्रहरी विभागले उच्च गर्मीमा बीच सडकमा ट्राफिक व्यवस्थापन गर्न खटिने ट्राफिकलाई वातावरण अनुकूलित हेल्मेट दिने तयारी छ ।

४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पनि यो हेल्मेटले शितल महशुस गराउने र आँखालाई सूर्यको प्रकाशबाट जोगाउन सहयोग गर्नेछ । केही दिनअघि गुजरातमा अत्यधिक गर्मीका कारण सडकमा ट्राफिक प्रहरी बेहोस भएको खबर आएपछि सेवामा रहेका ट्राफिकलाई यो हेल्मेट दिन लागिएको हो ।

हेल्मेटले कम्मरमा फिट गरिएको ब्याट्रीबाट काम गर्छ । यसमा चार्जिङ प्वाइन्ट रहेको छ र एक पटक पूरा चार्जमा गरेपछि आठ घण्टासम्म चल्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया